Online Nepal शनिबार, जेष्ठ ५ २०८१

माओवादीमा को हुँदैछ महासचिव ?

माओवादीमा को हुँदैछ महासचिव ?


मध्यान्तर
  • बिहिबार, भाद्र २ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी चयन गर्दै केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरेको छ ।

    अहिले केहीबेरपछि बस्ने बैठकले महासचिवसहित बाँकी पदाधिकारीके टुंगो लगाउने तयारी गरेको छ ।

     

    महाधिवेशन सकिएको सात महिना बितिसक्दा पनि माओवादीले पदाधिकारीको टुंगो लगाउन सकेको छैन । अधिवेशनले अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाएको थियो । बाँकी पदाधिकारी भने टुंगो लाग्न सकेको छैन ।

    महासचिवमा यसअघि वर्षमान पुन र जनार्दन शर्मा प्रमुख आकांक्षी थिए । तर दुवैले नछाडेपछि प्रचण्डले देव गुरुङलाई महासचिव बनाउने तयारी थालेको स्रोत बताउँछ ।

    “प्रचण्डले पनि एसम्यान खोज्नुभएको हो,” स्रोत भन्छ,“त्यसकारण देव गुरुङको सम्भावना बढी देखिन्छ ।”

    माओवादीको विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार