Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

दाहालले राष्ट्रपतिलाई भने- नागरिकता विधेयकमा तपाईं र हाम्रो समान धारणा छ

दाहालले राष्ट्रपतिलाई भने- नागरिकता विधेयकमा तपाईं र हाम्रो समान धारणा छ


मध्यान्तर
  • बुधबार, भाद्र १५ २०७९

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा आफूहरू र राष्ट्रपति विद्यादेवी भण्डारीबीच समान धारणा रहेको बताएका छन् ।

    बुधबार अपराह्न शीतल निवासमा राष्ट्रपतिलाई भेटेर उनले अंगीकृत नागरिकताबारे राष्ट्रपतिले राखेको चासो र आफहरूको धारणा समान रहेको तर संसद्मा यसमा राष्ट्रिय सहमति बन्न नसकेको बताएका हुन् ।

    साथै अंगीकृतबारे अहिले कुनै कुनै नयाँ व्यवस्था नगरिएको उनले राष्ट्रपतिलाई जानकारी गराएको प्रचण्डको सचिवालयले बताएको छ ।

    ूसरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ । तत्काल जन्मसिद्ध नागरिकका सन्तानहरूले राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलिजीले पेस गरी तपाईंले प्रमाणीकरण गर्नुभएको अध्यादेशको व्यवस्थाअनुसार रहेको छ । यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुस्खद छ , उनले राष्ट्रपतिसमक्ष भनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार