Online Nepal शुक्रबार, चैत्र १६ २०८०

फुटपाथ व्यवसायीको काठमाडौं महानगरमा धर्ना

फुटपाथ व्यवसायीको काठमाडौं महानगरमा धर्ना


मध्यान्तर
  • बिहिबार, भाद्र ३० २०७९

  • काठमाडौं ।  फुटपाथमा पसल नहटाउन माग गर्दै फुटपाथ व्यवसायीहरुले सुन्धारास्थित काठमाडौं महानगरपलिकाको कार्यलयमा धर्ना दिएका छन् । काठमाडौंका फुटपाथ व्यवसायी बिहीबार काठमाडौं महानगरपालिकाको प्रवेशद्वारअघि विरोध प्रदर्शन गर्दै धर्ना बसेका हुन् ।

    अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत विकल्प नदिई फुटपाथमा व्यवसाय गर्नेहरूलाई बेरोजगार बनाएको भन्दै उनीहरूले संघर्ष थालेका हुन्।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट जिफन्टमा आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आयोजनामा फुटपाथ व्यवसायीले महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदै विरोध प्रदर्शन गरेका हुन्। महानगरले गत साउनको ३ गतेदेखि फुटपात व्यावसायमा रोक लगाएको थियो

     

    प्रतिक्रिया
    थप समाचार