Online Nepal शुक्रबार, चैत्र १६ २०८०

यी हुन् नेकपा एमालेका समानुपातिक सांसदका सूची

यी हुन् नेकपा एमालेका समानुपातिक सांसदका सूची


मध्यान्तर
  • शनिबार, मंसिर २४ २०७९

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभातर्फ २२ महिला र १२ पुरुष समानुपातिक सांसद गरि ३४ जनाछानेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद छानेको हो ।

    एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बाका अनुसार आदिवासी जनजातितर्फ पुरुष ३ जना परेका छन् जसमा देवीप्रसाद भट्टचन , हेमराज राई , कालुराम राई रहेका छन् ।

    त्यसैगरी नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी वलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन् । ​खसआर्यतर्फ ११ जनामा पुरुष तीन जना परेका छन् । रघुजीपन्त, एकनाथ ढकाल र दयालबहादुर शाही रहेका छन् । त्यस्तै महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल,शोभा ज्ञवाली बर्दिया,बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया दीपा शर्मा र सुनिता बराल रहेका छन् ।

    थारुतर्फ आश्माकुमार चौधरी र शान्ता चौधरी रहेका छन् । दलिततर्फ ५ जनामा महिला २र पुरुष ३ रहेका छन् । पुरुषमा इश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, र चन्द्र विक रहेका छन् । यो क्लस्टरमा महलिातर्फ रुक्मणी राना र हकर्ममाया विश्वकर्मा रहेका छन् । मधेसीतर्फ गंगा प्रसाद यादव, अमृतलाल राजवंशी र विनादेवी, अर्मतादेवी अग्रहरी र प्रतिक्षा तिवारी छन् । मुस्लिमतर्फ सराज अहमद फारुकी छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार