Online Nepal शुक्रबार, चैत्र १६ २०८०

सुदूरपश्चिम प्रदेश सभाः सभामुखको निर्वाचन माघ २ गते हुने

सुदूरपश्चिम प्रदेश सभाः सभामुखको निर्वाचन माघ २ गते हुने


मध्यान्तर
  • आइतबार, पुष १७ २०७९

  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा माघ २ गते सभामुख चयनका लागि निर्वाचन गर्ने सर्वदलीय निर्णय भएको छ।

    आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुख र त्यसपछि उपसभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

    सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि ९सोमबार०का लागि बोलाइएको छ। बैठकको पूर्व सन्ध्यामा प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका हुन्।

    सर्वदलीय बैठकले आगामी २ गते निर्वाचन गर्ने सहमति गरेको प्रदेश सभाका सचिव देवबहादुर बोगटीले बताए। प्रदेश सभा नियमावलीअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार