Online Nepal शुक्रबार, बैशाख १४ २०८१

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रालयका सचिवको बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रालयका सचिवको बैठक


मध्यान्तर
  • सोमबार, पुष १८ २०७९

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्।

    मन्त्रीविहीन मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिन उनले बिहान ११ बजे सिंहदरबारमा सचिवहरुको बैठक बोलाएका हुन्।७ मन्त्री तोके पनि तीन बाहेकका मन्त्रालय प्रधानमन्त्रीसँगै रहेका छन्। एकातीर मन्त्री जिम्मेवारविहीन अर्कोतिर मन्त्रालय मन्त्रीविहीनताका अवस्था रहेको छ।

    आजको बैठकमा सचिवहरुलाई नै प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी तयारी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

    गत सोमबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले एक सातापछि पहिलो पटक सचिवहरुसँग छलफल गर्न लागेका हुन्।

    प्रतिक्रिया
    थप समाचार