Online Nepal शनिबार, बैशाख ८ २०८१

प्रधानमन्त्री प्रचण्डले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री प्रचण्डले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल


मध्यान्तर
  • बुधबार, पुष २० २०७९

  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्रको वर्तमान अवस्थाबारे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग जानकारी लिएका छन्।

    अर्थतन्त्रको वर्तमान अवस्था, राजस्व संकलनको दयनीय अवस्था, निराशाजनक पूँजीगत खर्च, बैंकहरुमा लगानीयोग्य पूँजीको अभाव लगायत विषयमा प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री र गभर्नरसँग ब्रिफिङ लिएका हुन्।

    प्रधानमन्त्री प्रचण्डले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्ने विषयमा जोड दिएका जनाइएको छ।

    देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

    सोमबार संवैधानिक निकाय तथा विभिन्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले राजस्व संकलनको दयनीय अवस्था, निराशाजनक पूँजीगत खर्च लगायत विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।

    प्रतिक्रिया
    थप समाचार