Online Nepal बिहिबार, चैत्र १५ २०८०

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान


मध्यान्तर
  • बुधबार, पुष २० २०७९

  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई प्रदेश प्रमुखले समय दिएका हुन्।

    पुस २७ गतेसम्म दलहरूलाई समय दिइएको छ। कुनै एक दलको मात्र प्रदेश सभामा बहुमत नदेखिएकोले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न समय दिइएको हो।

    प्रदेश प्रमुख कार्यालयका प्रवक्ताले पुस २७ गते बुधबार अपरान्ह ५ बजेसम्म दाबी पेश गरिसक्न दलहरूलाई समय दिइएको बताए। यसअघि प्रदेश १ ले सरकार गठनका लागि आह्वान गरेको छ। अन्य प्रदेशले भने सरकार गठनका लागि आह्वान गरेका छैनन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार