Online Nepal शनिबार, जेष्ठ ५ २०८१

उपनिर्वाचनका लागि दुई दलको निवेदन

उपनिर्वाचनका लागि दुई दलको निवेदन


मध्यान्तर
  • बिहिबार, पुष २८ २०७९

  • काठमाडौँ । राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले पुस २८ गते बिहीबारसम्मको समयसीमा निर्धारण गरेको छ ।

    निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका एक अधिकृतले नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले उपनिर्वाचनमा भाग लिन निवेदन दिएको जानकारी दिए । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आगामी माघ २५ गते निर्वाचन हुँदैछ ।

    लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो । राष्ट्रिय सभाबाट राजीनामा गरेर प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन उम्मेदवारी दिएका भट्टराईको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको थियो । प्रतिनिधि सभामा लुम्बिनी प्रदेशबाट सात राजनीतिक दलका प्रतिनिधि निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार