Online Nepal बिहिबार, बैशाख १३ २०८१

राष्ट्रिय सभाको उपाध्यक्ष चयन माघ २३ मा

राष्ट्रिय सभाको उपाध्यक्ष चयन माघ २३ मा


मध्यान्तर
  • शुक्रबार, माघ १३ २०७९

  • काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदलाई पूर्णता दिने तयारी गरिएको छ । राष्ट्रिय सभाको उपाध्यक्ष माघ २३ गते चयन गरिने भएको हो ।

    आज बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्षले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

    “माघ २३ गते दिनको ११ः५९ मा बस्ने बैठकले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुने कार्यक्रम रहेको छ,” संसद् सचिवालयले जनाएको छ ।
    गोलाप्रथामा चार वर्षे कार्यकाल पाएकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो ।

    राष्ट्रियसभा उपाध्यक्ष पद २१ फागुन २०७८ देखि रिक्त छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार