Online Nepal शुक्रबार, चैत्र १६ २०८०

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


मध्यान्तर
  • शनिबार, माघ १४ २०७९

  • काठमाडौं । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन् । अध्यक्ष श्रेष्ठले भनिन्, ‘पार्टीमा आएपछि के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्छ, अहिले नै भन्ने कुरा होइन ।’

    एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार