Online Nepal शुक्रबार, चैत्र १६ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले आजै राजीनामा बुझाउने

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले आजै राजीनामा बुझाउने


मध्यान्तर
  • आइतबार, माघ २२ २०७९

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पदबाट राजीनामा बुझाउने भएका छन् ।

    नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णय गरेको हो।  पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् ।

    आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको छ।

    रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की छन् सरकारमा।

    सो पार्टीले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार