Online Nepal शनिबार, बैशाख ८ २०८१

नेपाली राहदानी लिएको हो, दुरुपयोग गरेको छैन : रवि लामिछाने

नेपाली राहदानी लिएको हो, दुरुपयोग गरेको छैन : रवि लामिछाने


मध्यान्तर
  • आइतबार, माघ २२ २०७९

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको बताएका छन्।

    उनले आफूले त्यसको दुरुपयोग नगरेको भन्दै आफूले कुनै गल्ती नगरेको दाबी गरे। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाबाट नेपाल बस्नेगरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाउँदै गर्नका लागि आफूले राखेको बताए।
    १२–१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिँड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए।

    तर, स्थायी रुपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजातहरु बनाउन थालेको उनको भनाइ छ। उनले अभिमन्यु भएर चक्रव्यूहभित्र छिर्न र निस्कन पनि सक्ने दाबी गरे।

     

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार