Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

देउवालाई विपक्षी दलका नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

देउवालाई विपक्षी दलका नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता


मध्यान्तर
  • मंगलबार, माघ २४ २०७९

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    यसअघिको दरपीठको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपीठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । सो आदेशसँगै रिट दर्ता भएको छ । उक्त रिटमा भोलि बुधबारका लागि पेसी तोकिएको छ ।

    अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयविरुद्ध रिट दर्ता गरेका हुन् ।

    सरकारलाई समर्थन गर्न दल विपक्षी हुन नसक्ने जिकीरसहित अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गरेका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा कांग्रेसले पनि दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार