Online Nepal बिहिबार, चैत्र १५ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक


मध्यान्तर
  • सोमबार, फाल्गुन १ २०७९

  • काठमाडौं । निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरे पछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले केन्द्रीय समिति बैठक बोलाएको छ। आज अपरान्ह ३ बजे, बसुन्धारामा बस्ने बैठकमा सभापति रबि लामिछानेले राजनीनितक संयन्त्रमा भइरहेका छलफल तथा चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदारीका बारेमा छलफल गर्नेछन्।

    पार्टीको जिम्मेवारी बाँडफाँडको बिषयमा छलफल हुनेछ र समसामायिक राजनीतिक बिषयमा पनि छलफल हुने केन्द्रीय सदस्य तथा सांसद मनिष झाले बताए।

    हिजो बसेको सत्ता साझेदर दलसम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचन गराउनु पर्ने माग गरेका थिए।

    लामिछानेको सो मागमा सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग यसवारेमा छलफल गरेका जनाएका थिए। अपरान्ह निर्वाचन आयोगले १० बैशाखमा चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार