Online Nepal मंगलबार, बैशाख ११ २०८१

बेलायतका प्रधानमन्त्री सुनकको आरोप- चीनले विश्व व्यवस्थालाई चुनौती दियो

बेलायतका प्रधानमन्त्री सुनकको आरोप- चीनले विश्व व्यवस्थालाई चुनौती दियो


मध्यान्तर
  • मंगलबार, फाल्गुन ३० २०७९

  • काठमाडौँ । चीनले विश्व व्यवस्थालाई चुनौती दिएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बेलायतले जनाएको छ ।

    बेलायतका प्रधानमन्त्री ऋषि सुनकले विश्व अस्थिर भएको र यसबाट आफ्नो देशको सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा क्षेत्रमा लगानी बढाउन लागेको जानकारी दिए । आगामी २ वर्षमा बेलायतको प्रतिरक्षा खर्च झन्डै ५ अर्ब पाउन्ड बढ्ने छ ।

    चीनले दिएको चुनौतीलाई बेलायत सरकारले गम्भीरताका साथ लिएको र देशका संवेदनशील क्षेत्रमा चिनियाँ लगानी रोक्न काम गरिरहेको पनि उनको भनाइ छ । साथै सुनकले अस्ट्रेलियालाई पारमाणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बीहरू आपूर्ति गर्नेबारे अमेरिका र अस्ट्रेलियाका समकक्षीहरूसँग वार्ता समेत गरेका छन् ।

    सन २०२१ मा इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ सैन्य शक्तिविरुद्ध प्रतिरक्षा गर्ने संयुक्त प्रयासको एक अंशको रूपमा औकुस सम्झौता भएको थियो । सम्झौतामा बेलायत, अस्ट्रेलिया र अमेरिकाले सहमति जनाएका छन् ।

    प्रतिक्रिया
    थप समाचार