Online Nepal बुधबार, बैशाख १२ २०८१

पुटिनविरुद्ध आईसीसी गर्‍यो पक्राउ पुर्जी जारी

पुटिनविरुद्ध आईसीसी गर्‍यो पक्राउ पुर्जी जारी


मध्यान्तर
  • शनिबार, चैत्र ४ २०७९

  • काठमाडौं ।। इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाएको पनि भएको बीबीसीले जनाएको छ ।

    रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

    पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन’ भनेकी छन् ।

    प्रतिक्रिया
    थप समाचार