Online Nepal शनिबार, बैशाख ८ २०८१

एनसीसीमा आज स्ववियु निर्वाचन, क्याम्पस प्रमुख र निर्वाचन अधिकृत भने सम्पर्कविहीन

एनसीसीमा आज स्ववियु निर्वाचन, क्याम्पस प्रमुख र निर्वाचन अधिकृत भने सम्पर्कविहीन


मध्यान्तर
  • शनिबार, चैत्र ११ २०७९

  • काठमाडौं । बानेश्वरस्थित नेपाल कमर्श क्याम्पस(एनसीसी)मा आज स्ववियु निर्वाचन हुन गइरहेको छ । तर, क्याम्पस प्रमुख धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी भने सम्पर्कविहीन बनेका छन् । बिहान ८ बजेदेखि मतदान गर्ने भन्ने थियो । तर, अहिलेसम्म सर्वदलिय बैठक समेत बस्न सकेको छैन ।

    मतदान गर्नका लागि भनेर ठूलो संख्यामा विद्यार्थीहरु क्याम्पसमा आएका छन् । क्याम्पस प्रमुखले फोन उठाएका छैनन् भने निर्वाचन अधिकृतले फोन स्वीच अफ गरेर बसेका छन् ।

    निर्वाचन समितिको कार्यालयले शनिवार निर्वाचन गराउने भने सूचना जारी गरेको थियो । मतदानको लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार