Online Nepal बिहिबार, चैत्र १५ २०८०

मन्त्रीपरिषद् विस्तार आज सकिएन भने भोलि बिहान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

मन्त्रीपरिषद् विस्तार आज सकिएन भने भोलि बिहान हुन्छ : प्रधानमन्त्री प्रचण्ड


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार आज साँझसम्म गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

    भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्न चितवन पुगेका उनले भने, ‘आजै मन्त्रीपरिषद् विस्तार गर्ने मेरो लक्ष्य छ। सकिएन भने भोलि बिहान हुन्छ।’

    गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकार बनाउने आफ्नो चाहना रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले एक(दुई वटा मन्त्रालयमा मात्र कुरा मिल्न बाँकी रहेको सुनाए।

    अन्त्यमा उनले भरतपुर वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या एक(दुई हप्ता भित्रै समाधान हुने पनि बताए।

    झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने उनले दाबी गरेका छन्।

    करिब १८ करोड रुपैयाँ उधारो र ऋण तिर्न बाँकी रहेको बताएको धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन पत्राचार गरे पनि प्रक्रिया अघि बढेको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार