Online Nepal मंगलबार, बैशाख ४ २०८१

मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग

मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौँ । नेपाली कांग्रेसले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

    ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको सो पार्टी कार्यालयका मुख्य सचिवले जानकारी दिए ।

    मिटरब्याजी पीडितको सङ्घर्षप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले पीडितको माग सम्बोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पुर्‍याउन माग गरेको हो । कांग्रेसले पीडित पक्ष र सरकारबीच सुरु भएको संवाद सकारात्मक रहेको बताएको छ ।

    बैठकले ‘मिटरव्याज पीडितले आफ्नो समस्यालाई अघि सारेर जारी राखेको सङ्घर्षप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । पीडित पक्ष र सरकारबीच सुरु भएको संवाद सकारात्मक छ । पीडितको माग सम्बोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पुर्‍याउन र आम नागरिकको वित्तीय पहुँचलाई सहज बनाउनका लागि आवश्यक कानुन निर्माणको प्रक्रिया थाल्न पनि सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ’ निर्णय गरेको मुख्य सचिव पौडेलले भने ।

    प्रतिक्रिया
    थप समाचार