Online Nepal बिहिबार, बैशाख ६ २०८१

देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले कांग्रेसमा बस्न सकिन : स्वर्णिम वाग्ले

देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले कांग्रेसमा बस्न सकिन : स्वर्णिम वाग्ले


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौँ । अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् ।  बिहीबार उनलेे कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकरी गराएका छन् ।

    वाग्लेले भनेका छन्, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

    डा. वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन् । उनी शेरबहादुर देउवा प्रधानमन्त्री कालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए ।

    यस्तो छ उनको पत्र

    प्रिय दाइ,
    हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।

    अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

    कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

    स्वर्णिम

     

     

    प्रतिक्रिया
    थप समाचार