Online Nepal बिहिबार, चैत्र १५ २०८०

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ ।

    मिति २०७९ चैत १८ गतेदेखि लागु हुने गरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका माननीय जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि सोही जिल्लाका माननीय जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि सोही जिल्लाका माननीय जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य छन् ।

    मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै मिति २०७९ चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयहरूबाट सञ्चालन हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार