Online Nepal शुक्रबार, बैशाख ७ २०८१

प्रधानमन्त्रीद्वारा एसीसी प्रिमियर कप उपाधि विजेता नेपाली टिमलाई बधाई

प्रधानमन्त्रीद्वारा एसीसी प्रिमियर कप उपाधि विजेता नेपाली टिमलाई बधाई


मध्यान्तर
  • मंगलबार, बैशाख १९ २०८०

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप उपाधि विजेता नेपाली टिमलाई बधाई दिएका छन् ।

    ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकबाट बधाई दिँदै प्रधानमन्त्रीले भनेका छन् ।

    एसीसी प्रिमियर कप उपाधि भिडन्तमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ । जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । सोही नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार