Online Nepal शुक्रबार, चैत्र १६ २०८०

रेशमलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिँदै पीडित

रेशमलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिँदै पीडित


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १२ २०८०

  • काठमाडौँ । रेशम चौधरीलाई गणतन्त्र दिवसको दिनमा आममाफी दिने सरकारको तयारी विरुद्ध पिडित परिवारले राष्ट्रपति कार्यलयमा निवेदन दिने भएका छन् । टिकापुरमा हत्या गरिएको प्रहरी निरक्षक केशव बोहोरो पत्नि शारदा काडायत बोहोराले राष्ट्रपति कार्यलयमा निवेदन दिन लागेकि हुन् ।

    ‘आज सम्माननीय राष्ट्रपतिज्यू समक्ष निवेदन बुझाउन जाँदै छौँ शारदा बोहराले भनिन्– ‘राजनीतिक सौदाबाजीको प्रयत्न भएको छ ।’

    २०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व रेशम चौधरीले गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी अदालतको फैसलाअनुसार जेलमा छन् । जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेसमविरुद्ध जन्मकैद फैसला गरेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार