Online Nepal बिहिबार, बैशाख १३ २०८१

अमेरिकी राष्ट्रपति जो बाइडेन कार्यक्रममा भुइँमा लडे पछी…..

अमेरिकी राष्ट्रपति जो बाइडेन कार्यक्रममा भुइँमा लडे पछी…..


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १९ २०८०

  • काठमाडौँ ।  अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए उनी भुइँमा पछारिए ।

    वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठे । भिडियोमा उनलाई उठ्न अलि अप्ठ्यारो परेको देख्न सकिन्छ ।

    ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर उनी लडेको बताइएको छ ।

    बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए ।

    बुढ्यौली लागे पनि उनले २०२४ मा फेरि चुनाव लड्ने घोषणा गरेका छन् ।

    एक दिन अघि उनका डाक्टरले बाइडेन शारीरिक रूपमा फिट रहेको र दैनिक व्यायाम गरिरहेको रिपोर्ट जारी गरेका थिए ।

    बाइडेन यसअघि पनि सार्वजनिक कार्यक्रममा लडेका थिए । नोभेम्बर २०२० मा बाइडेनको दाहिने खुट्टामा स्ट्रेस ९हेयरलाइन० फ्र्याक्चर भएको थियो। उनी आफ्नो कुकुरसँग खेलिरहेको बेला उक्त दुर्घटना भएको थियो ।

    गत फेब्रुअरी २३ मा पोल्याण्डबाट अमेरिका फर्कने क्रममा एयरफोर्स वनको भर्‍याङ उक्लिइरहेको बेला पनि उनी लडेका थिए ।

    त्यस्तै १६ नोभेम्बर २०२२ मा जी(२० शिखर सम्मेलनमा भाग लिन बाली गएका बेला पनि जङ्गलमा हिंड्नेक्रममा उनी लडेका थिए । सोही वर्ष जुनमा लस एन्जलसमा टेलिभिजन अन्तर्वार्ता दिन जाने क्रममा विमानको भर्‍याङ चढ्ने बेला उनी ठोक्किएर लडेका थिए ।

     

     

    प्रतिक्रिया
    थप समाचार