Online Nepal शुक्रबार, बैशाख ७ २०८१

विपन्नका लागि शय्या नछुट्याउने अस्पताललाई कारबाहीको गर्ने स्वास्थ्यमन्त्रीको चेतवानी

विपन्नका लागि शय्या नछुट्याउने अस्पताललाई कारबाहीको गर्ने स्वास्थ्यमन्त्रीको चेतवानी


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १९ २०८०

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन्।

    शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडियकेयर अस्पतालको अनुगमनपछि पत्रकारहरूसँगको कुराकानीमा मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्क उपचारका लागि दस प्रतिशत शय्या नछुट्याउने अस्पतालहरूलाई कारबाही गर्ने बताएका हुन्।

    अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न नागरिकलाई छुट्याउनुपर्ने हुन्छ। काठमाडौँ महानगरले जेठ ६ गते एक साताभित्र १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गरेको विवरण महानगरभित्रका स्वास्थ्य संस्थाहरूसँग माग गरेको थियो। समयमा महानगरलाई विवरण नबुझाउने स्वास्थ्य संस्थामाथि कारबाही अगाडि बढाउन महानगरपालिका प्रमुख शाहले स्वास्थ्यमन्त्री बस्नेतसमक्ष उक्त विवरण बुझाएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार