Online Nepal बिहिबार, बैशाख १३ २०८१

अन्य दलहरूले रास्वपालाई घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने

अन्य दलहरूले रास्वपालाई घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने


मध्यान्तर
  • शनिबार, जेष्ठ २७ २०८०

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले आउने २०८४ मा सबै खाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको दाबी गरेका हुन् ।

    उनले भने, ‘तपाईंहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । तर त्यो अनुमानलाई बाधा पुर्‍याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ । त्यसमा हामी चनाखो हुँदै जानुपर्छ ।
    साभापति लामिछानेले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उनको ठहर छ । ‘नागरिकता विधेयकमा हामीले त्यतिबेला नै तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक रोक्दा हामीले संविधान विपरीतको काम भयो भनेका थियौँ । तर दलहरूको अकर्मण्यता पनि भयो सही बाटोबाट सही ढङ्गबाट ढोकाबाट नल्याइसकेपछि प्रक्रिया नपुर्‍याइसकेपछि यस्तै हो भनेका थियौँ । पार्टी निर्वाचनमा नपुग्दै, त्यसको निरन्तरतामा हामी छौँ । हामीले वैवाहिक अङ्गीकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौँ । हामीले सही ढङ्गबाट आओस् भनेका छौँ । हामीले नेपाली आमाका छोराछोरीले नागरिकता नपाउन् भनेर बोलेकै छैन । जन्मसिद्ध नागरिकले नागरिकता पाउनुपर्छ भनेका छौँ । महिलामाथि विभेद छ, प्रावधान राखेर ल्याइएको छ, अपराधकारी कुराको सम्बोधन हुनुपर्छ । संसदमा ल्याएको भए दूधको दूध, पानीको पानी हुन्थ्यो, तर जानाजान कसैले न कसैले यसमा मुद्दा हाल्छ भन्ने जानेर हो की, जानाजान यस्तोबाट ल्याइयो,’ उनले भने ।

     

     

    प्रतिक्रिया
    थप समाचार