Online Nepal शनिबार, साउन १२ २०८१

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आज पनि बस्दै

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आज पनि बस्दै


मध्यान्तर
  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज पनि बस्दै छ।

    आजको बैठकमा संसदीय दल र पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। संसदीय दलको प्रतिवेदन प्रमुख सचेतक सन्तोष परियारले प्रस्तुत गर्नेछन्। पार्टीको राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले पेश गर्ने कार्यतालिका रहेको छ।

    सभापति लामिछानेको प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने र त्यसपछि महाधिवेशन प्रक्रियाबारे छलफल हुने बताइएको छ। आजै साँझ साँढे ६ बजे नीति विचार प्रतिनिधिमण्डलको छुट्टै बैठक पनि बस्ने छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसका जिल्लाहरूमा गतिविधि बढाइरहेको छ। त्यसका लागि केन्द्रीय समिति र सांसदहरू मधेसमै खटिएका थिए।

    प्रदेश सभापतिहरूलाई पनि सहभागी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गरिसकेका छन्।

    रास्वपाले राजनीतिक दस्तावेजमाथि विमर्श चलाइरहेको छ। महामन्त्री मुकुल ढकालसहितको तीन सदस्यीय कार्यदलले दस्तावेजको खाका बनाएको थियो। त्यसमाथि चरणचरणमा छलफल चलाएको रास्वपाले केही समयअघि जनआवाज सुन्न भन्दै पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई जिल्ला खटाएका थियो। तीन दिन बसेर उनीहरूले जनताका सुझाव संकलन गरेर ल्याएका थिए।

    प्रतिक्रिया
    थप समाचार