Online Nepal शुक्रबार, चैत्र १६ २०८०

सिड्नीमा ह्याप्पी तीज २०२२ हुने

सिड्नीमा ह्याप्पी तीज २०२२ हुने


मध्यान्तर
  • मंगलबार, साउन ३ २०७९

  • नेपाली महिलाहरूको महान चाड तीजको अबसर पारेर ह्याप्पी इन्टरटेनमेन्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा तीज कार्यक्रम हुने भएको छ ।
    ह्याप्पी तीज २०२२ नाम दिइएको यो कार्यक्रम सिड्नीको मेरिल्याण्डमा रहेको रेस्ट फंगसन सेन्टरको हलमा अगस्ट २७ का दिन आयोजना हुने छ । सिड्नीमा रहनु हुने प्रबासी नेपालीहरूलाई भरपूर मनोरन्जन दिन नेपालबाट गायक प्रकाश दूतराज,गायिका भूमिका गिरी र मोडल तथा डान्सर अन्जली अधिकारीको प्रस्तुति रहने जानकारी इभेन्ट मेनेजर निलकण्ठ तिवारी र सहायक इभेन्ट मेनेजर राजप्रसाद अर्यालले जानकारी दिएका छन । कार्यक्रममा खगराज धिमिरेको तबला बाधन र बिजयराज ढकालको गितारको प्रस्तुति पनि समेटिने छ । नेपाली सांगितिक क्षेत्रमा खगराज घिमिरेको तबला र बिजयराज ढकालको गितारको प्रस्तुतिलाई निकै मन पराईंदै आइएको छ ।

    सिड्नी शहरमा एउटै मन्चमा हुन लागेको यो बिबिध गायन,नृत्य , तबला र गितारको भब्य प्रस्तुति हेर्न यतिबेला सिडनीमा रहनु हुने नेपालीहरु आतुर देखिनु भएको छ ।

    प्रतिक्रिया
    थप समाचार