Online Nepal मंगलबार, बैशाख १८ २०८१

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ६ करोडको कारोबार

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ६ करोडको कारोबार


मध्यान्तर
  • आइतबार, बैशाख २ २०८१

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से २।३५ अंकले घटेर दुई हजार २३ दशमलव ३५ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १२७ वटाको बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिर्जनशिल लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार सानिमामाइ हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको २१ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार