काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ । उक्त प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो ।
नेपाल समूह ए बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।
अब नेपालले शुक्रबार समूह बी को उप-विजेतासँग सेमीफाइनल खेल्नेछ ।