Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको बाल गायन रियालिटी शो संचालन हुँदै

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको बाल गायन रियालिटी शो संचालन हुँदै


मध्यान्तर
  • सोमबार, भाद्र ३० २०७६

  • काठमाडौं । अभियान मल्टिमिडियाले सञ्चालन गर्न लागेको जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला गरिएको छ । रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा १५ बर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ । रियालिटी शोमा भाग लिन चाहनेहरुले आफूलाई पायक पर्ने स्थान र प्रक्रियाबाट आफ्नो नाम दर्ता गर्न सक्नेपनि आयोजकले जनाएको छ ।

    आफुभित्र रहेको प्रतिभालाई संसारसामु प्रस्तुत गराने उद्देश्यसहित आयोजना हुन गैरहेको उक्त शोमा विविध कारणले आफ्नो कला देखाउन नसकेकालाई समेट्ने प्रयास गर्ने आयोजक संस्था अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिए । प्रतिस्पर्धामा भाग लिनका लागि आवश्यक थप जानकारी  www.juniorvocalstar.com र Junior Vocal Star एपमा पनि उपलब्ध भएको अधिकारीले बताए । उनका अनुसार ‘जुनियर भोकल स्टार’ कुनैपनि विदेशी शोहरुको फ्रेन्चाइजी भन्दा कम नभएको र शो संचालनको लागि ६ करोड रुपैंयाँभन्दा बढी लागत रहेको छ ।

    पत्रकार सम्मेलनमा संगीतकार बसन्त सापकोटाले आफुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्न शोले विशेष भूमिका खेल्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालमा अहिले धेरै रियालिटी शोहरुको विकास भएपनि बालबालिका लक्षित कार्यक्रमहरु उत्पादन हुन नसकेको सापकोटाले बताए ।त्यस्तै गायक धीरज राईले बालबालिकालाई काचो माटोको रुपमा लिदै उनीहरुलाई आफुले चाँहेको बस्तुमा ढाल्न उक्त शो कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरे । अहिले देश तथा विदेशमा विभिन्न रियालिटी शोहरु सञ्चालनमा रहेको जनाउदै उनले नेपालबाट पनि त्यस्ता प्रतिभालाई विश्व बजारसम्म चिनाउने प्रयास हुने विश्वास दिलाए ।

    सहभागीले दर्ता पछिको छनोट प्रक्रियामा अडिसन, मेघा अडिसन, टप २०, टप १०, सेमी फाइनल हुदै ग्रान्ड फिनाले सम्म पुगेर नेपालको पहिलो जुनियर भोकल स्टारको उपाधि जित्न सक्ने आयोजकको भनाई छ । प्रथम हुनेलाई २० लाख र ट्रफी, फस्ट रनर–अपलाई १० लाख र सेकन्ड रनर–अपलाई ५ लाख रुपैयाँ पुरुस्कारको व्यवस्था रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार