Online Nepal शुक्रबार, बैशाख २१ २०८१

बाँदर धपाउन हानेको बन्दुकको छर्रा लागेर मृत्यु

बाँदर धपाउन हानेको बन्दुकको छर्रा लागेर मृत्यु


मध्यान्तर
  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौं । बाँदर धपाउन एकनाले भरूवा बन्दुक पड्काउने क्रममा नाल फुटेर बारूदको छर्रा लाग्दा पाँचथरमा एकजनाले ज्यान गुमाएका छन् ।

    जिल्लाको हिलिहाङ गाउँपालिका-४ सिबुवा बस्ने ५१ वर्षीय मनकुमार सिगुको आइतबार राति मृत्यु भएको छ ।

    खेतबारीमा रोपिएको मकैबालीमा आउने बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मनकुमारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    भरूवा बन्दुक नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार