Online Nepal शुक्रबार, बैशाख २१ २०८१

एक दिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार रकम पनि घट्यो

एक दिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार रकम पनि घट्यो


मध्यान्तर
  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से १५.४१ अंकले घटेर एक हजार ९ सय ६९ दशमलव ०२ बिन्दुमा अडिएको छ ।

    हिजो साताको पहिलो दिन भने १२.२९ अंकले बढेर एक हजार ९ सय ८४ दशमलव ४३ विन्दुमा बन्द भएको थियो ।

    नेप्सेमा आज २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८६ वटाको घटेको छ भने ४९ वटा कम्पनीको शेयरमूल्य बढेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार पिपुल्स पावर लिमिटेडको सेयर मूल्यमा सर्वाधिक वृद्धि भएको छ । आज सो कम्पनीको शेयरमूल्य ६.९१ प्रतिशतले बढेको छ ।

    आज डोल्तीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७।३७ प्रतिशतले घटेको छ । सबैभन्दा बढी गोर्खाज फाइनान्स लिमिटेडको ११ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार