Online Nepal शुक्रबार, बैशाख २१ २०८१

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, बैशाख ११ २०८१

  • काठमाडौँ । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

    हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए ।

    मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेसियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए । स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर एक स्टेडियममा ठोक्किएर दुर्घटना भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार