Online Nepal शुक्रबार, बैशाख २१ २०८१

३९ ग्राम लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

३९ ग्राम लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ


मध्यान्तर
  • मंगलबार, बैशाख ११ २०८१

  • काठमाडौँ । झापामा ३९ ग्राम १० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्।

    बैतडी दशरथचन्द नगरपालिका-८ का २५ वर्षीय रोशन थापा पक्राउ परेका हुन्।

    उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो।

    उनी बिर्तामोर्ड नगरपालिका वडा-३ मा हिडडुल गरिरहेका थिए। शंका लागेर चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    थप समाचार