Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरी र हल्का हिमपातको सम्भावना

कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरी र हल्का हिमपातको सम्भावना


मध्यान्तर
  • मंगलबार, बैशाख १८ २०८१

  • काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ।

    कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

    लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भूभागको थोरै स्थानमा दिउँसो हावाहुरीको सम्भावना छ।

    आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकोछ।

    लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भूभागको थोरै स्थानमा राति पनि हावाहुरीको सम्भावना रहेको  महाशाखाले जनाएको छ।

     

    प्रतिक्रिया
    थप समाचार