Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, बैशाख १८ २०८१

  • काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

    सोमबार दिउँसो सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प।२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

    स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार