Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

दीपेन्द्रले नेपाली टोलीको कप्तानी गर्ने

दीपेन्द्रले नेपाली टोलीको कप्तानी गर्ने


मध्यान्तर
  • बुधबार, बैशाख १९ २०८१

  • काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेलमा नेपालले टस हारेको छ । टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको छ ।

    आजको खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानको जिम्मेवारी सम्हाल्ने छन् ।

    यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

    यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी–२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रूपमा लिएको छ । नेपालले टी– २० विश्वकपको टिम सम्भवतः आजै सार्वजनिक गर्दै छ । आज टी–२० विश्वकपको टिम सार्वजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।

    प्रतिक्रिया
    थप समाचार