Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको टी-२० शृंखलाको चौथो खेल आज हुँदै

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको टी-२० शृंखलाको चौथो खेल आज हुँदै


मध्यान्तर
  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको टी-२० शृंखलाको चौथो खेल आज हुँदै छ । खेल अपरान्ह १२:१५ बजेदेखि  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

    पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले यसअघिको दोस्रो खेलमा नेपाललाई १० रनले र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो ।

    पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा पराजित भए नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाउनेछ । यी दुई टिमबीचको अर्को पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार