Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु


मध्यान्तर
  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौं । गए राती धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु भएको छ । बुधबार करिब साढे ११ बजे थाक्रे गाउँपालिका–५, गैरिखर्कस्थित अन्दाजी ७० वर्षीय तेजबहाुदर लामाको घरमा आगलागी भएको हो ।

    आगलागीमा परी तेजबहादुर र उनकी श्रीमती अन्दाजी ७० वर्षीया ठूली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राति करिब साढे १२ बजे प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणमा लिइएपछि जलेर मृत्यु भएको अवस्थामा लामा दम्पतीको शव फेला परेको सो कार्यालयले जनाएको छ । उनीहरूका छोराछोरी भने काठमाडौंमा बस्दै आएका छन् ।

    ढुंगामाटोले बनाइएको जस्ताले छाएको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा अन्नबाली, लत्ताकपडा, मकै पिस्ने मिल जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला  प्रहरीले कार्यलय धादिङले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार