Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

जित्नै पर्ने खेलमा नेपाललाई २१० रनको लक्ष्य

जित्नै पर्ने खेलमा नेपाललाई २१० रनको लक्ष्य


मध्यान्तर
  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि–२० सिरिजको चौथो खेलमा नेपालले २१० रनको बिशाल लक्ष्य पाएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन जोड्यो ।

    नेपालका लागि कुशल भुर्तेलले २ र प्रतिस जिसीले १ विकेट लिए । अन्य बलरले भने आजको खेलमा सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

    प्रतिक्रिया
    थप समाचार