Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै


मध्यान्तर
  • शनिबार, बैशाख २२ २०८१

  • काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँचौं तथा अन्तिम खेल हुँदैछ । टियु मैदानमा हुने यो खेल मध्यान्न सवा १२ बजेदेखि सुरु हुने भएको हो ।

    ट्वान्टी-२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो ।

    बिहीबार भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सक्यो । जितसँगै वेस्ट इन्डिजले ३-१ को अग्रतासहित शृंखला पक्का गरेको हो । त्यसैले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ ।

    नेपालले त्यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार