Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेपालले गर्‍यो वेष्टइण्डिजलाई ६ विकेटले पराजित

नेपालले गर्‍यो वेष्टइण्डिजलाई ६ विकेटले पराजित


मध्यान्तर
  • शनिबार, बैशाख २२ २०८१

  • काठमाडौं । नेपालले पाँचौं टी–२० खेलमा वेष्टइण्डिज ए लाई ६ विकेटको जितेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३(२ ले जित्न सफल भयो ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्टइण्डिज ए ले प्रस्तुत गरेको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार ओभर गुमाएर भेट्टाएको थियो ।

    नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । ओपनर कुशल भुर्तेललाई नेपालले १३ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।

    जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

    वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । कप्तान रोस्टन चेसले २३ बलमा ५ चौकासहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११र११ रनमा आउट भए । म्याथ्थु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार