Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नबिल बैंकको २६८ औं शाखा दैलेखको दुल्लुमा

नबिल बैंकको २६८ औं शाखा दैलेखको दुल्लुमा


मध्यान्तर
  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौं । नबिल बैंकले दैलेखको दुल्लुमा शुक्रवार २६८ औं शाखाको उद्घाटन गरेको छ । दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजाल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आज औपचारिक रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

    शाखा कार्यालय उद्घाटन समारोहमा नगरपालिकाका उप प्रमुख विना कार्की तथा वडा अध्यक्ष, कलेज तथा अन्य निकायका प्रमुख, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।

    बाइसे चौविसे राज्यकालमा दुल्लू राज्यको राजधानीको रुपमा चर्चित दुल्लू खस राजा नागराजको शितकालिन राजधानी रहेको ऐतिहासिक मान्यता रहेको छ । नविल बैंकले पछिल्ला दिनमा दुर्गम क्षेत्रमा पनि आफ्नो सेवा विस्तारका क्रममा शाखा कार्यालय स्थापना गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार