Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौँ । पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही महानगरपालिका-५ मालेपाटन बस्ने १४ वर्षीय सोनाम सुवेदीको आइतबार दिउँसो मृत्यु भएको छ ।

    पौडी खेल्ने क्रममा सोनाम डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

    यसैगरी, पोखरा महानगरपालिका-१७ पावरहाउसस्थित फुस्रेखोलामा डुबेर सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने १६ वर्षीय सुप्रिम पौडेलको आइतबार दिउँसो मृत्यु भएको छ ।

    पौडी खेल्ने क्रममा सुप्रिम डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार