Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको सुरूङ ब्रेक थ्रु गरेका हुन् । यो आयोजनाले सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाइ आयोजनामा पुर्‍याउने छ ।

    आयोजनाले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिंचाइ सुविधा पुर्‍याउने छ ।

    प्रतिक्रिया
    थप समाचार