Online Nepal सोमबार, जेष्ठ ७ २०८१

आजको मौसम : यी चार प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


मध्यान्तर
  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौं  आज देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन ,चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

    बिहीबार दिउँसोपख देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाके जनाएको छ ।

    हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार