Online Nepal सोमबार, जेष्ठ ७ २०८१

श्रीमतीको नाममा फेक अकाउन्ट बनाएर अश्लील तस्बिर पोष्ट गरेको आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको नाममा फेक अकाउन्ट बनाएर अश्लील तस्बिर पोष्ट गरेको आरोपमा श्रीमान् पक्राउ


मध्यान्तर
  • शुक्रबार, बैशाख २८ २०८१

  • काठमाडौं । आफ्नै श्रीमतीको अश्लील तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

    प्रहरीको केन्द्रीय साइबर ब्युरोले मकवानपुरको छतिवन-७ चुलुङ्गा स्थायी घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने २४ वर्षीय फुर्साङ रुम्बालाई पक्राउ परेको छ।

    प्रहरीका अनुसार जाहेरवाला विदेशमा रहेका बेला श्रीमानसँग ह्वाट्सएपमा कुराकानी गर्नेक्रममा आदानप्रदान भएका आफ्ना गोप्य अंगका तस्विरहरु फुर्साङले नक्कली अकाउन्ट बनाएर स्टोरी बनाएका थिए।

    फुर्साङलाई अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार