Online Nepal शनिबार, साउन ५ २०८१

इथोपिया र ब्राजिलमा कोकिनको क्याप्सुल खाएर नेपाल ल्याइयो, करिब अढाई केजी बरामद

इथोपिया र ब्राजिलमा कोकिनको क्याप्सुल खाएर नेपाल ल्याइयो, करिब अढाई केजी बरामद


मध्यान्तर
  • बिहिबार, असार ६ २०८१

  • काठमाडौं । कोकिनको क्याप्सुल खाएर नेपाल ल्याउने गिरोह पक्राउ परेका छन्। तान्जानियाका नागरिक डोनाल्ड ज्याक्सन मागुवा एक केजी २ सय ६ ग्राम र भेनेजुएलाका नागरिक साइमन एन्टोनियो अल्फन्जो राडा एक केजी एक सय ९८ ग्राम कोकिनसहित काठमाडौंबाट पक्राउ परेका छन्।

    जेठ २७ गते काठमाडौं आएका मागुरा ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको थियो। उनको पेटबाट ७७ थान क्याप्सुल निकालिएको थियो। उनले उक्त क्याप्सुल इथोपियामा खाएर दुबई हुँदै काठमाडौं आएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

    ब्युरोका अनुसार राडा असार १ गते ब्राजिल हुँदै काठमाडौ आएका थिए। ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा उनको साथबाट ९२ थान कोकिनका क्याप्सुल बरामद भएको थियो। उनले पनि ती क्याप्सुल खाएर नेपाल ल्याएको ब्युरोको दावी छ। यस्तै ब्राजिलबाट आएकी एक महिला २ केजी एक सय ग्राम कोकिनसहित पक्राउ परेकी छिन्। उनले महिलाले लगाएको कपडाका बटनभित्र उक्त कोकिन राखेर नेपाल ल्याएको ब्युरोका अधिकारीले बताएका छन्।

    प्रतिक्रिया
    थप समाचार